पतिसँग सम्बन्ध बिच्छेद भएपछि डायन रीवलाई दोस्रो पटक कसैसँग प्रेम सम्बन्ध हुन्छ र माया पाइन्छ भन्ने लागेको थिएन । किन कि उनको विवाह भएको १८ वर्षपछि सम्बन्ध बिच्छेद भएको थियो । रीव आफ्नो प्रेमी फिलिपसँग धेरै खुशी थिइन् । तर एकदिन उनको जीवनमा आँधीबेहरी आयो । जब उनले फिलिपको सम्बन्ध अन्य महिलासँग पनि छ र उनले एचआइभी पनि दिएका छन । पढ्औं उनै रीवको दर्दनाक यो भनाई,
मलाई फेरि पनि कसैको माया पाउँछु भन्ने पटक्के लागेको थिएन । तर केही साथीहरुले मलाई सम्झाएका थिए र अनलाइन डेटिङका लागि सुझाएका पनि थिए । अनलाइन डेटिङ एप मार्फत मेरो भेट फिलिप पाडयूसँग भयो । केही समयसम्मको कुराकानीपछि हामीले भेट्ने योजना बनायौं । हामीले आफ्नै मार्शल आर्ट स्कूलमा भेटघाट गर्यौं । पहिलो पटकको भेटघाटमा नै हामी एक अर्कालाई मन पराउन थाल्यौं ।
फिलिप एउटा कम्पनीमा सुरक्षा विज्ञको रुपमा काम गथ्र्यो । तर एक वर्षपछि उसले त्यो जागिर छाडिदियो । मैले उसलाई अर्को जागिर नपाएसम्म मसँगै मेरो मार्शल आर्ट स्कूलमा काम गर्न सक्छौ भने । उसले मसँगै काम शुरु गर्यो । साँझ हामी स्कूलबाटसँगै निस्कन्थ्यौं र प्रायः राती सँगै बस्थ्यौं । मैले उसँग भविष्यको सपना सजाउन थालिसकेको थिएँ ।
सन २००६ मा मेरी छोरीको विवाह भयो । फिलिप पनि साथमै थियो । केहीदिनपछि मैले पारिवारिक डिनरको योजना बनाएँ । मैले फिलिपलाई पनि बोलाएँ । तर यसले मानेन । उसले स्वाथ्य ठीक नभएको बतायो । उसले त्यो फोन घरबाट गरेको थिएन । मलाई शंका भयो । म उसको घर गएँ । उ घरमा थिएन । त्यो दिन म धेरै रोएँ । मलाई धेरै रिस पनि उठेको थियो ।
उसको टेलिफोनको बिल मैले नै तिरीदिन्थे । त्यसैले म उसको भ्वाइसमेल चेक गर्न सक्थें । मैले २ महिलाले भ्वाइसमेल छाडेका पाएँ । फिलिप उनीहरुलाई नै भेट्न गएको थियो । जब फिलिप फर्कियो उसँग मेरो ठूलो झगडा पर्यो । त्यो दिनदेखि उसको र मेरो सम्बन्ध ब्रेकअप पनि भयो ।
शनिबारको दिन हाम्रो ब्रेकअप भएको थियो । सोमबार मैले स्त्री रोग विशेषज्ञसँग जाँच गराएँ । उनले मलाई एचपीवी भएको बताए । यसको कारण मेरो गर्भाशयमा इन्फेक्सन भयो । मैले ती दुइ महिलासँग सम्पर्क गर्नेबारेमा सोचें, जो फिलिपसँग सेक्सुअल्ली एक्टिभ थिए ।
मैले फिलिपको पछिल्लो नौ महिनामो कल डिटेल निकाले र फोन गर्न शुरु गरें । फोन उठाउने महिलासँग म फिलिपसँग डेट गरिरहन्छौकि भनेर सोध्थें । जसले हो भन्थे उनीहरुलाई म आग्रह पनि गर्थें र आफ्नोबारेमा बताउँथे पनि ।
मैले यस्ता नौ जना महिला भेटें जो फिलिपसँग डेट गरिराखेका थिए । उनीहरुमध्ये कोही रिसाए, कसैले मेरो कुरा ध्यानपूर्वक सुने र कसैले धन्यवाद पनि दिए । उनीहरुमध्ये केहीसँग मैले भेटे अनि हामी मिलेर अरु फिलिपसँग डेट गरिरहेका अन्य महिलाहरुसँग भेट्ने कोशिश पनि गर्यौं ।
यी मध्ये एक महिलाले आफूलाई एचआइभी भएको बताइन् । यो सुनेपछि म पनि डराएँ । पछिल्लो ६ महिनादेखि मेरो स्वास्थ्य पनि कमजोर बन्दै गएको थियो । मेरो गर्भाशयमा इन्फेक्सन पनि भएको थियो ।
भोलीपल्टै मैलै मेरो डाक्टरसँग भेट गरें । उनले मेरो रगतको नमूना लिए र टेस्ट गरे । उनले मलाइ एचआइभी भएको बताए । यो सुनेर म धेरै रोएँ । मलाई लाग्यो कि अब म मर्छु । मलाई एचआइभीको औषधी हुन्छ भन्ने त थाहा थियो तर यो कत्तिको असरदार हुन्छ त्यसबारे थाहा थिएन ।
सन २००७ मा मैले अर्को टेस्ट गराएँ । यसबाट प्रस्ट भयो कि मलाई एड्स लागेको छ । मसँग स्वास्थ्य बीमा त थियो तर त्यसमा एड्स कबर थिएन । मलाई लागि रहेको थियो कि यत्रो मंहगो उपचार म कसरी गरुँ ।
मैले तिनै महिलालाई सम्पर्क गरे जसले आफूलाई एड्स लागेको बताएकी थिइन् । हामीले भेट ग्यौं । एक ठाउँमा बस्यौं र रोयौं । ती महिलाले पनि आफूलाई एड्स भएको थाहा भएपछि फिलिपलाई फोन गरेकी थिइन । तर फिलिपको जवाफ छक्क पर्ने थियो । फिलिपले उनलाई भनेको थियो– यसमा ठूलो कुरा के छ र? हरेक मानिसको मृत्यु कुनै न कुनै कारणले हुन्छ । तिमी मलाई एक्लै छाडदेउ र आफ्नो जिन्दगी जिऊ ।
हामीलाई एकिन थियो कि फिलिपले नै हामीलाई एचआइभी एड्स दिएको हो । हामीले मिलेर प्रहरीमा निवेदन दियौं । हामी चाहन्थौं कि पुलिसले उसलाई रोकोस ताकी अन्य महिलालाई यसको भाइरस नसरोस् । प्रहरीले हाम्रो कुरा त सुन्यो र हामीलाई पनि सम्झायो तर केवल दुई महिलाले भन्ने बित्तिकै फिलिपप्रतिको आरोप साबित नहुने बतायो । साथै अरु ४, ५ जना महिला सामुन्नेमा आएर अदालतमा बोलेमा केही हुन सक्ने पनि सुझायो ।
मैले फेरि फिलिपको फोन रेकर्ड खोलेर फोन गर्न शुरु गरें । पहिलो महिलाले नै बताइन कि उनको फिलिपसँगको सम्बन्धका कारण एचआइभी भएको रहेछ । उनी फिलिपको घर नजिकै बस्थिन । उनको सहयोगले हामीलाई फिलिपको घरमा आउने जाने महिलाकाबारे जानकारी मिल्यो । हामीले एक एक गरेर ती महिलाहरुसँग सम्पर्क गर्दा के पत्ता लाग्यो भने उनीहरुमध्ये १३ जनालाई एचआइभी लागेको थियो । यो थाहा पाए पछि त म झन हैरान भएँ ।
सन २००२ मा म फिलिपसँग थिए । तर त्योभन्दा अघिदेखि नै धेरै महिलासँग उसको रिलेशन थियो । हामीले देख्यौं कि हरेक रात फिलिपको घरमा अलग अलग कार आउँथ्यो र उ हरेक रात अलग अलग महिलासँग हुन्थ्यो ।
सबैभन्दा पहिला हामीलाई यो प्रमाणीत गर्नुपर्ने थियो कि उसलाई एचआइभी छ भन्ने कुराको जानकारी थियो भन्ने । यसको बामजुद पनि उ अनगिन्ती महिलासँग सम्बन्ध बनाइरहेको थियो । यसमा स्वास्थ्य बिभागकी एक महिला डाक्टरले हामीलाई सहयोग गरिरहेकी थिइन् । डाक्टरलाई त्यो नाम थाहा थिया । मलाई थाहा थियो कि सन २००५ मा फिलिप किड्नीको स्टोन भयो भनेर कही उपचार गरिरहेको थियो तर यही समय उ एचआइभी टेस्ट गर्न यिनै डाक्टरकोमा गएको थियो ।
एचआइभीबाट पिडित १३ महिलामध्ये ५ जना अदालतमा बयान दिन हिच्किचाए । उनीहरु यो बिरामीका बारेमा सार्वजनिक रुपमा बोल्न चाहदैन थिए । हामीहरु मिलेर एउटा सपोर्ट ग्रुप पनि बनायौं । हामी प्रायः घरमा भेट थियौं र मिलेर केश लड्यौं । किनकी यो बिषय अपराधसँग जोडिएको थियो र हामीलाई टेक्सासको सरकारले मेडिकल सुविधा पनि दिएको थियो ।
मलाइ आज पनि एड्स छ तर हामीले मिलेर अन्य महिलालाई यो बिमारी दिनबाट रोकेका छौं ।
सन २००९ मा अदालतमा सुनुवाई शुरु भयो । डिस्ट्रिक अर्टोनीले हामीसँग सोधे तपाइहरुमाथि पनि आरोप आउनसक्छ । त्यसका लागि तपाईहरु तयार हुनुहुन्छ ? तर म डराइन । मैले वकिलका हरेक प्रश्नको निर्धक्कसँग जवाफ दिएँ ।
त्यसपछि उसले सजाय पायो । ६ विषयमा उ दोषी सावित भयो र उसलाई ४५ वर्षका लागि जेल सजाय सुनाइयो । मेरो लागि ठूलो खुशीको समय थियो त्यो । यद्यपी फिलिपले कहिल्यै आफ्नो गल्ती मानेन । उसले भन्यो–मैले सबैलाई भाइरस दिए ।
हामीले एक महिला भेटेका थियौं, जसलाई सन १९९७ मा एड्स भएको थियो । हामीले एउटा मेडिकल टेस्ट पनि गराएका थियौं, जहाँबाट पत्ता लाग्यो कि हामी सबै महिलामा एचआइभीको एउटा मात्र स्रोत थियो र त्यो थियो फिलिप ।
मलाई लाग्छ फिलिप जानीजानी पनि धेरै पहिलादेखि महिलामा एचआइभी फैलाइरहेको थियो । सन २००५ भन्दा पहिला नै उसलाई थाहा थियो ।
एक अर्काको सहयोग बिना हामी पिडित महिलाले न्याय हासिल गर्न सक्दनौथ्यौं । हामीले एक अर्कालाई साथ दियौं र एक अर्काको ज्यान बचायौं ।
स्रोतःबीबीसी