२०८१ बैशाख १७, सोमवार
  • Shyam chhetri ४ महिना अगाडि

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुदैंछ ।

रिक्त रहेको १९ सीटमा सत्ता गठबन्धनका चार ठूला दलले भागबन्डा गरे । कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएर चुनावमा होमिदैंछन् ।

सत्ता गठबन्धन आबद्ध साना दलको हात खाली भएको छ ।

ठूला दलले मिलेर भाग लिएपछि गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भएको हो ।

लोसपाले गठबन्धनको निर्णय स्वीकारेर अघि बढ्ने बताएको छ । गठबन्धनमा एक सीटको दाबी गरेको लोसपाले गठबन्धनको निर्णय मानेर जाने देखिएको हो ।

राष्ट्रियसभामा एक सीट दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले भने गठबन्धनको निर्णयमै चित्त बुझाउने भएको छ ।

यता जनमत पार्टीले भने गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताएका छन् ।

सरकारलाई समर्थन गरे पनि सरकारमा नगएको राष्ट्रिय जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको बताइन्छ ।

गठबन्धनमा आबद्ध साना दल गठबन्धनको विकल्प खोजिहाल्ने परिस्थितिमा पनि छैनन् ।

फेसबुक प्रतिक्रियाहरु