२०८१ बैशाख २०, बिहिबार
  • Shyam chhetri ५ महिना अगाडि

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।

त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फकिनु भएका आयोगका सदस्य मिहिर ठाकुरले यस्तो आग्रह गर्नु भएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै उहाँले तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेकाहरुको अझ धेरै ज्यान जानसक्ने बताउनु भयो ।

त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको ठाकुरले जानकारी दिनुभयो । जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको उहाले बताउनु भयो ।

केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन पनि उहाँको आग्रह छ ।

 

फेसबुक प्रतिक्रियाहरु