काठमाडौँ: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ ।
उप चुनाब लगत्तै पार्टी एकता गर्ने मनसाय सहित बारा २ बाट खरेल रास्वपाबाट उम्मेदवार समेत बन्दैछन् । खरेलले रास्वपाको तर्फबाट बारा–२ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित बनेका थिए । खरेल नेपाल प्रहरीका पुर्व डीआइजीपी हुन् ।