२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। मंगलबार दिउँसो मानन्धर एमालेमा प्रवेश गर्ने बताइएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी मानन्धर भट्टराइ संघीय समाजवादीमा गाभिए पछि उनी निष्क्रिय बनेकी थिइन्।

नेकपा एमालेले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहसहित सिंगो पार्टी र अभिनेत्री करिश्मालाई पार्टी प्रवेश गराउन लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने कार्यक्रम तय भएको छ। सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्री भएका थिए।

फेसबुक प्रतिक्रियाहरु