२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

शान्तिराज राई, न्युयोर्क

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको John F. Kennedy International Airport बाट राजकिय बिदाई गरीएको Rajesh Payal Rai Farewell नामक कार्यक्रमका आयोजक बुद्द ट्याक्सका पशुपती श्रेस्ठले आयोजना गरेका थिए

उक्त कार्यक्रममा अमेरिकामा रहेर लामो समाजसेवामा खटिरहनु भएका केशबराम राई, आदिवासी जनजाति महासंघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष मिंगमा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुंग समाज अमेरिका कोसध्याक्ष अंजित गुरुंग, कलाकार प्रेम गुरुंग, नेपाली अमेरिकन कलाकार संघका बरिस्ठ उपाध्यक्ष बसन्ती राईडिजे जांगबु शेर्पा, पत्रकार संजोग आचार्य, सुनिता शर्माकोईराला, बज्र फ्लिमका रक लामा, अंजान श्रेस्ठ लगायत सयौ नेपालीहरूको उपस्थिति रहेको थियो

बिदाई कार्यक्रममा बोल्दै महागायक राईले यस्तो खालको बिदाई पाउने पहिलो नेपाली कलाकार भएकाले आफु भाग्यमानी रहेको र यसको श्रेया नेपाली संगितलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने घोषणा गरे उनले भने यो सम्मान मेरो नभएर सम्पुर्ण गित संगितको सम्मान रहेको आगामी दिनमा पनि यसैगरी नेपाली गित संगितलाई माया गर्न आग्रह गरे

राईले आफ्नो गितको प्रसंग जोड्दै सुनाए मेरो गितै फैलियो माया दुबोसरी यसैगरी दुबोलाई जहाँ फ्याक्नुस त्यहीबाट उम्रिन सुरु गर्छ हो त्यसैगरी तपाईहरूको माया बढोस नेपाली गित संगितले जितोस

संचारकर्मिले सोधेको न्युयोर्क घटनाको बारेमा यसलाइ बिर्सन आफुले क्षमा गरेकोले आफ्नो सुभचिंतकहरूलाई नि माफ दिन आग्रहगरे आयोजकबाट जे आयो त्यो सत्य नै हो सुरक्षित नै थिए कार्यक्रमको टिकट सोल्ड आउट भएको कार्यक्रम आयोजकले बताइनै सकेका छन घटना घटाउनेले आफै बिरामी भएको स्वीकारेकाले उहाको शिघ्र स्वास्थ लाभको कामना गर्दाछु

फेसबुक प्रतिक्रियाहरु