२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक २ वर्ष अगाडि

सुरेश चाम्लिङ्ग / टेक्सास

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ट्याफ लोकल च्याप्टरले किराती राई हरुको महान चाड साकेला उधौली र यलम्बर साँझ तेश्रो टेक्सासमा भब्य रुपमा सम्पन्न गरेको छ ।


उक्त सभालाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सभापती मुना राईले हामी २८ भाषी किरात राई हरु जहाँ रहे भएता पनी सुम्नीमा पारुहांगको सन्तान भएकोले र पित्री पुजक,तीन चुला पुज्ने भएकोले हाम्रा तीनै धर्म संस्कार र संस्कृतीको जगेर्ना गर्ने उदेश्यले अमेरीकामा ओर्गनाइजेसनको जन्म भएको कुरा बताउनु भयो ।

यसै हुनाले हालै टेक्सास, अर्कान्सास र फ्लोरिडा राज्यलाई मिलाएर संगठन बिस्तार गरी ट्याफ लोकल च्याप्टर गठन गरिएको कुरा बताउनु भयो ।


अहिलेको बिस्व ग्लोबलाइजेसनले सागुरी रहेको अवस्थामा हामीले नेपालबाट आत्मसात गरी आएको संस्कार संस्कृती भावी पुस्ताको लागी जगेर्ना गर्नु परी रहेछ भने आफ्नो कर्मभूमी अमेरीकाको नियम कानुन यहाको संस्कार र संस्कृतीको पालन गर्दै अन्तर रास्ट्रीय भातृत्वको बिस्तार गर्नु परी रहेको कुरा बताउनु भयो ।


अर्का वक्ता अर्गनाइजेसनका संस्थापक सभापती तथा एन आर एन अमेरीकाका पुर्व सभापती शिब कुमार राईले संस्थाको स्थापना किन आवश्यक भयो र स्थापना काल देखि अहिलेसम्म को चुनौती र कठिनाइ बारे प्रकाश पार्नु भयो ।


संस्थाका पुर्व केन्द्रीय सभापती तथा साकेला थान निर्माण समीतीको संयोजक बिष्णु राईले साकेला उधौली र उभौली किन मनाउने र यसको महत्व के छ भन्ने बारेमा प्रकाश पार्नु हुदैअमेरीकामा साकेला थान किन आवस्यकता छ भन्ने बारेमा प्रस्ट पार्नु भयो ।

उहाले साकेला थान खरीद को लागी उहाले सिड मनीको रुपमा डलर ५००१/-सोहि समारोहमा प्रदान गर्नु भयो ।


Chief Guest एन आर एन अमेरीकाका पुर्व अध्यक्ष सुनील साहले साकेला उधौलीको शुभ कामना दिनु हुदै, युनाइटेड किरात राई अर्गनाइजेसनले किरात भाषा धर्म संस्कृतीको संरक्षण गर्नुका साथै एन आर एन को जग बसाउने नेता पनी जन्माएको कुरा बताउनु भयो ।


दुइ चरणमा गरिएको उक्त कार्यक्रमको सभापतीत्व ट्याफ च्याप्टर सभापती दमकाजी राई र स्वागत भासन च्याप्टर उप सभापती गौरब राई र संचालन महासचिव जय राई, शेखर राई र सदेश राईले गर्नु भएको थियो ।


उक्त कार्यक्रममा बिभिन्न लोकल च्याप्टरका प्रतिनिधीले बोल्नु भएको थियो/केशब राम राई न्युयोर्क, राम राई क्यालिफोर्निया, मुक्ति राई न्युहेम्प्शायर,सल्लाहकार तेज राई लगायतका वक्ताले बोल्नु भएको थियो ।

दोश्रो सेसनको कार्यक्रममा कलाकार हरुले दमदार साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।


उक्त कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनीधीहरु र आमन्त्रित पाहुनाहरु सहभागी हुनु हुन्थ्यो भने अर्गनाइजेसनका बिभिन्न च्याप्टर हरु बोस्टन केपकोट, न्यु हेम्प्शायर, भर्जिनिया,न्यु योर्क, नेब्रास्का, क्यालीफोर्निया लगाएतका राज्य हरुबाट पाहुनाहरु आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु