२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

न्युयोर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको १६ औं स्थापना दिवसको अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेको आयोजकले बताएको छ ।

रक्तदानक कार्यक्रममा सहभागि हुन न्युयोर्कका विभिन्न स्थान र न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको फिप्नाले जनाएको छ ।

न्युयोर्कमा रगतको अभाव भएको र त्यसको परिपुर्ति गर्नको लागि न्युयोर्क ब्लड सेन्टरले फिप्नासंग अनुरोध गरेको र रगत दानजस्तो मानवीय पुण्य कार्यको आयोजक बन्ने सौभाग्य पाएकोमा नेपाली समुदायको तर्फबाट गर्व महशुष भएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

फिप्नाको तर्फबाट रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरु, स्वंसेवकहरु, प्रायोजकहरु र यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।

साथै कार्यक्रमलाई सफल पार्न प्रायोजन र सहयोग गर्ने सम्पुर्ण सदस्य संस्थाहरुका पदाधिकारी प्रतिनिधिहरुमा पनि धन्यवाद व्यक्त गरिएको छ । प्रतिकुल चिसो वातावरणमा पनि स्वतःस्फुर्त रक्तदाताहरुको सहभागिता रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले बेला बेलामा रक्तदान लगायत समाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।

यसै गरि­ “युनाईटेड किरात राई अफ अर्गनाइजेसन अमेरिका” का  केन्द्रिय अध्यक्ष मुना राईले रक्तदाताहरुलाई पानी र फलफुलको झोल(जुस)प्रदान गरेकी थिइन् ॥

फेसबुक प्रतिक्रियाहरु