काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश एकको मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ ।
राइलाई दलको नेताबाट हटाएपछी नेकपाले भीमप्रसाद आचार्यलाई चयन गरेको छ । आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्दै राईलाई दलको नेताबाट पनि हटाएको हो ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदीय दलभित्र अल्पमतमा परेका छन् । संसदीय दलको बैठकबाट दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरेको पत्र प्रदेशसभा सचिवालयमा बिहीबार बिहान दर्ता भएको छ ।
मुख्यमन्त्रीलाई दलको नेताबाट हटाइएको पत्रमा ३६ जनाको हस्ताक्षर रहेको छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमा नेकपाको मात्रै ६७ जना छन् ।