मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारि गरेको अध्यादेश प्रति काँग्रेस सभापति शेरबहादुर देउवाले आपति जनाएको छ ।
देउबाले अध्यादेश जारि गर्नु अलोकतान्त्रिक कदम भएको र आफु संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा समेत गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् ।
यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । सो अध्यादेशको पनि चौतर्फी बिरोध भएका थिए भने काँग्रसले कडा विरोध गर्नुका साथै सत्तारुढ दलभित्रैबाट समेत फिर्ता लिन दवाव बढेपछि फिर्ता भएको थियो ।