काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए । उहाका अनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।