काठमाडौँ: तत्कालिन नयाँ शक्ति हालका जनता समाजबादी पार्टी गोरखा पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा प्रहरीले निवासबाट पक्राउ गरेको छ ।
रानाभाटलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जनाएको छ ।