नेपालमा सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४ सय ७६ गरि कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
यसैगरि कोरोनाको संक्रमणबाट २८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ३०१३ जना निको भएर घर फर्किसकेका छन ।