२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका  ७७ ओटै जिल्लामा कोरोना संक्रमित भेटिएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८/८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७/७ जना, सर्लाही र नुवाकोटका ६/६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५/५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३/३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

फेसबुक प्रतिक्रियाहरु