२०८२ बैशाख १४, आइतवार
  • रिपब्लिक दैनिक २५ जेष्ठ २०७७, आईतवार

समीर परियार,
सुनवल , २५ जेठ
नेपाल स्वयंसेवक युवा संगठकको प्रदेश न. ५ को अध्यक्षमा सुरज पाण्डे चयन भएका छन्।
मानविय हक, हितको लागि सधै साथ र सहयोग गर्ने, समाजलाइ सधै सन्मार्ग तर्फ डोर्‍याउनुको साथै समाजलाइ मानवयिताको उदाहरण प्रस्तुत गर्ने नेपाल स्वयंसेवक संघ एक मात्र त्यस्तो संगठन हो।नेपाल स्वयंसेवक संघको भात्री संगठन नेपाल स्वयसेवक युवा संगठन हो। संगठनको विस्तारको क्रममा प्रदेश न. ५ मा पनि गठन भएको छ।

हिजो नेपाल स्वयंसेवक संघ केन्द्रिय समितीका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, केन्द्रिय महासचिव सन्तोष अधिकारी लगायत केन्द्रिय कार्यसमितिको बैठकले नेपाल स्वयंसेवक संघ युवा संगठन प्रदेश न. ५ को प्रदेश अध्यक्षमा सुरज पाण्डेलाई चयन गरिएको हो। सुरज पाण्डे विगत ५ बर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा निकै क्रियाशील रहेका छन्।

केन्द्रीय कार्य समितिले अध्यक्ष चयन गरेको र अन्य पदाधिकारीहरू अध्यक्षले चयन गर्ने र जिल्ला विस्तार को कार्यक्रम अगाडि बढाउने कुरा अध्यक्ष पाण्डेले जानकारी दिनु भयो।

फेसबुक प्रतिक्रियाहरु