२०८१ माघ १०, बिहिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा को’रोना भा’इरस (कोभिड-१९) बाट सं’क्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए ।

तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ । यसअघि अफ्रिकामा इबोलाको म’हामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान मिलेको थिएन । त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताए ।

अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा को’रोना भा’इरसको संक्रमण पुष्टि भइसकेको छ । भाइ’रसको कारण अफ्रिकामा करिब नौ सय मानिसको मृ’त्यु भइ सकेको छ । अन्य क्षेत्रको तुलनामा यो केही कम हो । तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भा’इरसको सं’क्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ ।

फेसबुक प्रतिक्रियाहरु