काठमाडौं । सत्तारुढ दलकी नेतृ रामकुमारी झाँक्रीले कोरोना महामारी रोक्न सरकारले लकडाउन लागू गरेपछि कष्टपूर्ण ढंगले घर फर्किन बाध्यहरुतर्फ सरकारको ध्यान नगएको भन्दै आलोचना गरेकी छन् ।
साँसदसमेत रहेकी उनले लकडाउन गरेर सरकारको दायित्व पूरा नहुने भन्दै मौसमी मजदुरी गर्न एक जिल्लाबाट अर्कोमा पुगेकाहरु हप्तौं लगाएर आफ्नो घर फर्किन बाध्य भएकोतर्फ ध्यान दिन सुझाव दिएकी छन् । सामाजिक सञ्जालमा झाँक्री भन्छिन, ‘मौसमी मजदूरी गर्न आफ्नै देश भित्र अर्को जिल्ला पुगेका मजदूरहरू हप्तौ लगाएर आफ्नो घर तर्फ फर्कदैछन।
केही लेख्नै पर्दैन तस्वीर आफै बोल्छ। यसले कसको मन कुडिदैन रु‘ यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्छ भन्दै किन मजदुरलाई त्यही ठाउँमा खाने बस्ने व्यवस्था गर्नुपर्ने नभए सरकारले समन्वय गरेर उनीहरुलाई गन्तव्यसम्म पुर्याउने गर्नुपर्ने बताएकी छन् । सकसपूर्ण तरिकाले घर जान बाध्यहरुको व्यवस्थापन हुनुपर्ने भन्दै यो व्यवस्थापन गर्न नसकिने मुद्दा होइन् भनेकी छन् ।