२ वैशाख, काठमाडाैँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकबाट अफवाह फैलाएको आरोपमा मकवानपुरको हेटौैँडाबाट पत्रकार रवीन्द्र गौतमलाई पक्राउ गरेको छ । प्रहरी कार्यालय सिमराको टोलीले गौतमलाई हेटाैँडाबाट पक्राउ गरेको हो । उनलाइ मंगलबार नै जिल्ला अदालत बाराले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गाैतमलाइ हेटौंडा उपमहानगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रवीन्द्रले भ्रामक खबर फैलाएर सामाजिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको दाबी प्रहरीले गरेको छ । उनले जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएका कारण नियन्त्रणमा लिएको डीएसपी गोविन्द पुरीले बताए । हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएको खबर दैनिकीले लेखेको छ।