म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतानको ढाडिखेतमा मंगलबार गाउँलेहरु भेला भई राँगो काटेर भाग लगाउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
लकडाउनका बेला १५ जनाभन्दा बढी जम्मा भएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरण कुँवरका अनुसार भिडभाड गरिरहेकाहरुलाई सम्झाउँदा प्रतिवाद गरेपछि स्थानीय सजग युवाहरुको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
तर, प्रहरीलाई भने कोरोनाभाइरस संक्रमणको जोखिम रहेको बेला भिडभाड गरी राँगो काटेको सूचना आएको थियो । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।