२०८१ पुस २७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

राम प्रघट कोरी
कपिलवस्तुको विजयनगर गाँउपालिका २ लोहरौलामा गाँउ समाज समितीको आयोजनामा थारु सामुदायको महान पर्व “माघी” तथा नयाँ बर्ष २६४४ को उपलक्ष्यमा मेला लाग्ने भएको छ ।

२ दिन सम्म लाग्ने थारु साँस्कृति एवं परम्परागत त्रिवेणी मेला २०७६ मा बिभिन्न किसिमका थारु नृत्यहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरु श्रीनिवास चौधरी, समिक्षा चौधरी,अन्जु कुश्मी, राज कुश्मी, सीमान्त चौधरी, निशु चौधरी, शारदा चौधरी, सरगम चौधरी, राजेन्द्र चौधरी, रमेश चौधरी, आर्यन चौधरी,विष्णु चौधरी, विन्दु चौधरीको बेजोड प्रस्तुतीसहित थारु पौराणिक सामाग्रीहरुको प्रदर्शनी, साथै थारु परिकारको प्रदर्शन रहने आयोजकले जानकारी दिएको छ ।

लौहरौला गाँउ समाज समितिको आयोजनामा हुना गइरहेको थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेलाको समुद्धघाटन विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गर्नु हुने भएका छन ।थारु पहिचान झल्किने भेषभुषामा सजिएका पोषाक सहित थारु समुदायका अगुवा समाजसेवी लगायत थारु झाँकी सहित ¥र्याली निकालिने मेला समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले जानकारी दिनु भएको छ ।

थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला यही माघ १०र११ गते हुन गइरहेको थारु साँस्कृति एवं परम्परागत त्रिवेणी मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिदै१० गते समुद्धघाटन कार्यक्रम रहेको छ भने ११ गते दिउँसोमा मेला तथा रातीमा नौटंकी नाच गरिने चौधरीले जानकारी दिएका छन ।

थारु साँस्कृतिक एवं परम्परागत त्रिवेणी मेला व्यावथापन समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षता, वियजनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता,विजयनगर गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको बिशिष्ट आतिथ्यता रहने मेला व्यवस्थापन समिति का अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रियाहरु