२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मानामा: बहराइनका लागि नेपाली राजदूत श्री पदम सुन्दासज्यूको अद्यक्षतामा बहराइनमा रहेका  नेपालीहरूसँग नेपाल भ्रमण वर्ष २०२०को प्रवर्द्धन गर्ने हेतुले अन्तरक्रिया कार्यक्रम आयोजना सम्मपन्न भएको

बहराइनमा स्थापित  विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरू सम्मिलित NRNA बहराइनको संयोजकत्वमा गठित सहयोगसमितिका सदस्यहरू लगायतको बाक्लो उपस्थितिमा सन् २०२० भित्र गरिने विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्बन्धमा गहन छलफलभएको थियो

अन्तर्किया कार्यक्रममा राजदूतावासले विभिन्न सात वटा कार्यक्रम प्रस्ताब गर्दै सो उपर सबैको सल्लाह / सुझावका लागि अनुरोधगरेकोमा उपस्थित सबै जनाले प्रस्तावित सम्पूर्ण कार्यक्रममा सहयोगको प्रतिवद्धता जनाउनु भयो

साथै , उहाँहरूले नेपालको प्राकृतिक सुन्दरता , कला , संस्कृति , भेषभूपा लगायत मौलिकता झल्कने थप कार्यक्रमहरू सम्बन्धमासमेत अमूल्य सुझावहरू प्रदान गर्नु भएको थियो बक्ताहरूले बहराइनबाट गणात्मक पर्यटक नेपाल पठाउन सकिने बताउँदै यस कार्यमासबैले आफ्ना पक्षवाट प्रयत्नशिल हुनुपर्नेमा जोड दिनुभएको थियो

वक्ताहरूले नेपाल बहराइनबिच सिधा हवाइ सम्पर्क नहुनुलाइ एक अड्चनका रूपमा विश्लेषण गर्दै सो तर्फ राजदूतावास मार्फत नेपालसरकारको ध्यानाकर्षण गराउनु भएको थियो कार्यक्रममा मन्तव्य राख्नुहुँदै महामहिम राजदूत श्री सुन्दासज्यूले नेपाल भ्रमण बर्ष २०२०अभियानमा सरकारले सम्पूर्ण नेपाली संघसंस्थाहरूवाट सहयोगको अपेक्षा गरेकोमा जोड दिनहुँदै यस अभियानले मात्र एक वर्षकालागि नभएर दीर्घ काल सम्मलाइ नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने बताउनु भयो

यसैगरि , राजदूत श्री सुन्दासज्यूले नेपाल बहराइनविच सिधा हवाइ सम्पर्क पुनर्स्थापनाका लागि राजदूतावास परिवार प्रयत्नशिलरहेको पनि दोहोर्याउनु भयो उहाँले जनवरी १३ . २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा आफ्नामौलिक भेषभूषामा उपस्थिति भइ नेपालमा विद्यमान विविधता झल्काइ सहयोग गर्न समेत अनुरोध गर्नु भयो

कार्यक्रम सचालनमा नियोगका द्वितिय सचिव / नियोग उपप्रमुख श्री अरुणा घिसिङ्गले भूमिका निर्वाह गर्नु भएको थियो भने सहचारीश्री सुनिता लकान्द्री तथा नियोगमा कार्यरत स्थानिय कर्मचारिहरूले बुंदा टिपोट लगायत अन्य व्यवस्थापन कार्यमा उल्लेख्य भूमिकानिभाउनु भएको थियो

फेसबुक प्रतिक्रियाहरु