hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetCASİNO SİTELERİhepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १४, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

भक्तपुरमा गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ।

भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो।

न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियोग दाबीअनुसार चारै जनालाई हदैसम्मको सजाय सुनाएको श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए।

चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको असारमा घाँटी रेटेर हत्या भएको थियो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ थियो। हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन्। छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको थियो।

प्रहरीका अनुसार नौसादले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। दुबै मोहम्मद रहिश र भोला कुमार थिए।

ईश्वरी र नौसाद भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थे। सोही क्रममा नौसादसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नौसादले हत्या योजना बनाएको र भट्टराईले सहयोगी भूमिका खेलेको अनुसन्धानमा उल्लेख थियो।

फेसबुक प्रतिक्रियाहरु