काठमाडौँ-एचआरडी कोरियाले हालै सार्बजनिक गरेको ईपीएस सीप परीक्षण परीक्षा स्कील टेस्टको नतिजा खारेज गर्न नेपाली परीक्षार्थीले माग गरेका छन् ।
उनीहरुले केहि दिन अघि सार्बजनिक भएको स्कील टेस्टको नतिजा पारदर्शी नभएको भन्दै नतिजा खारेज गर्न वैदेशिक रोजगार विभागलाई आइतबार ध्यानाकर्षण गरेका छन् ।
लिखित परिक्षामा १२ हजार १० जना उतीर्ण भए पनि सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली मात्र उत्तीर्ण भएका थिए ।
स्कील टेस्टको नतिजामा एकैदिन सहभागी भएका एकजनाको पनि नाम नपरेको उल्लेख गर्दै उनीहरुले प्रश्न गरे ‘यो कुन विधिद्वारा लिइएको हो,?’ विभाग पुगेका उनीहरुले भने, ‘यो त्रुटिपुर्ण छ। यसलाई सच्चाइनुपर्छ।’ उनीहरुले एकैदिन ३ सय ६५ जना अन्तर्वार्तामा सहभागी जनाएको छन ।
कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो। भाषा परीक्षा पास भएकाहरूले स्किल टेस्ट दिनुपर्छ। स्किल टेष्टमा व्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ।