पोखरा । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रहन पुग्यो ।
२०१० बाट लगातार सागमा भाग लिदै आएको महिला फुटबल टिम तीनवटै संकरणको फाइनलमा पुगेको छ भने अन्त्यमा भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा इतिहास उल्ट्याउने धेरैले आशा गरे पनि बिगतको हारको बदला लिनबाट नेपाल चुकेको छ।
अन्तत पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो । उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।