२०८१ जेष्ठ ५, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यसअघि कुवेतले जितका लागि दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा सहजै पूरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाए । नेपालका शरद भेषवाकरले ३८ रनको योगदान गर्दा उप–कप्तान ज्ञानेन्द्र मल्ले १९ र रोहित कुमार पौड्यलले ६ रनको योगदान गरे ।

यसअघि ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडेका थिए ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३, ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु