२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

मड्रिड । ईन्टरनेश्नल च्याम्पियन्स कपमा रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोल अन्तरले हराएको हो ।
एट्लेटिकोले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । एट्लेटिकोको जितमा डिएगो कोस्टाले नायक रहे । उनले एक्लै चार गोल गरे ।
खेलको पहिलो मिनेटमै कोस्टाको गोलबाट एट्लेटिकोले अग्रता लियो । आठौं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । उनी यसै सिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका हुन ।
१९ औ मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोलाई ३–० को स्थितीमा पुर्याएका थिए । २८ औ मिनेटमा कोस्टाले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टाले ह्याट्रिक पुरा गर्दै एट्लेटिकोलाई ५–० को अग्रता दिलाएका थिए । ५१ औ मिनेटमा कोस्टाले ब्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोलाई ६–० को स्थितीमा लगे । ५९ औ मिनेटमा रियलका नाचो फर्नान्डेजले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।
६४ औ मिनेटमा दुवै टिम १० खेलाडीमा सिमित बने । रियलका ड्यानियल कार्भाजल र कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । ७० औ मिनेटमा भिटोलोले गोल गर्दै रियललाई ७–१ को अग्रता दिलाए । ८५ औ मिनेटमा पेनाल्टीमा करिम बेन्जिमा र ८९ औ मिनेटमा जाभियर हर्नान्डेजले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरेका थिए ।
प्रि–सिजन टूरमा रहेका दुवै टिम ईन्टरनेश्नल कप खेलिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।