२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको १४ महिनापछि एकताको बाँकी काम टुङ्ग्याएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार साँझ भएको छलफलमा एकीकरण प्रक्रियाका बाँकी रहेका सवै काममा सहमित जुटेको हो । अध्यक्षद्धयबीच भएको सहमतिलाई आगामी आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्ने तयारी छ ।
महासचिव विष्णु पौडेलका अनुसार जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार परिषद, निर्वचन आयोग, लेखा आयोग र अनुशासन आयोग, विशेष कमिटिहरु, सवै विभागमा नेतृत्वसहितको बाँडफाँट टुङ्गिएको छ । पार्टीमा रहेका ३२ विभाग मध्ये १८ तात्कालिन एमाले र १४ तात्कालिन माओवादी केन्द्रलाई दिने सहमति दुई नेताबीच भएको छ । अध्यक्षद्धयले टुङ्याएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुप दिएपछि स्थायी समितिले अुनमोदन गर्नुपर्ने प्रावधान छ ।
गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका थिए ।
मंगलबारको बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।