२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम गरेको आरोप लगाएका छन ।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको बताए । उनले भने, ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं ।’
प्रहरी र निहत्था नागरिक मारिने कुरालाई लिएर निधेषको राजनीति भन्ने तथा हिंसा र निधेषको राजनीतिलाई एकै घानमा मुछेर लान खोजिएकोमा आपत्ति जनाउँदै मन्त्री बाँस्कोटाले भने, ‘त्यसैगरी समानान्तर हो भनेर लान खोजिएको हो भने के दिनभरी विपी, रातभरी विप्लव हो? के हो? मान्छे मारेको होइन, सुरक्षाकर्मी मारेको होइन? मार्न पाइन्छ?’
मन्त्री बाँस्कोटाले हिंसाको वकालत गर्नुभन्दा पहिला विगतमा दरबार, कांग्रेस, एमालेका नाममा तत्कालिन माओवादीले खेलेको कुरा सम्झिन आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु