२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो ।
नेपालको फराकिलो जितमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका उनले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो । खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।