२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा बुधबार विहान भएको समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई पराजित गर्दै सुखद शुरुवात गरेको हो ।
५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले ५ ओभरमा नै जित दर्ता गरेको हो । सरार्फले २१ बलमा ६ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल सामु चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चीनका ओपनरद्वय खेलाडीले समान १३÷१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए भने तिलक भण्डारीको नाममा ३ विकेट रह्यो । कमल सिंह ऐरीले एक विकेट झारे ।

जितसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो । योसंगै दुवै खेलमा पराजित हुदै चीन प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपाल र सिंगापुर बीच हुने खेलले समूह बिजेताको टुंगो लाग्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।