२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले तीन लाख प्राप्त ग¥यो ।

खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विराटनगरकको जीतमा रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरिन् । यता बाह्रबिसेका लागि भने रुबिना पहरीले एक गोल गरिन् ।

त्यसअघि खेलको निर्धारित समयसम्म १–१ गोलको समाप्ती हँुदा विराटनगरका लागि जमुना मगरले गोल गरेकी थिइन् भने बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिइन् ।
प्रतियोगितामा विराटनगर महानगरपालिकाकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले उपाधिसहित ट्रफी र २५ हजार हात पारिन् ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेण्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले घोषित भइन् । उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरका पारस चौधरीले पाए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही दश हजार प्राप्त गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला समितिद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।