२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

ईङल्यान्ड । विश्वकप क्रिकेटमा न्युजिल्याण्डमाथि पाकिस्तानले शानदार जित हासिल गरको छ । योसँगै न्यूजिल्याण्डको अपराजित यात्रामा पूर्णबिराम पनि लागेको छ । पछिल्लो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित हुँदै न्यूजिल्याण्डले जारी विश्वकपमा पहिलो हार भोगेको हो । यसअघि उसले ५ खेलमा जित हात निकाल्दा बर्षाले अवरुद्ध ईण्डियासँगको खेलमा अंक बाँडेको थियो ।
न्युजिल्याण्डले दिएको २ सय ३८ रनको चुनौती पाकिस्तानले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । बाबर अजामले अबिजित १ सय १ तथा हारिस सोहिलले ६८ रन बनाउदै पाकिस्तानलाई जितसम्म पुर्याए । महम्मद हाफिजले ३२ र ईमाम उल हकले १९ रनको योगदान गरे । न्युजिल्याण्डका ट्रेन्ट बोउल्ट, लुक फेर्गुसन र कप्तान केन विलियम्सनले पाकिस्तानको एक एक विकेट लिए । सोहिल रन आउट भएका थिए ।
यसअघि बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रनको मध्यम योगफल तयार पारेको थियो । जेम्स निसमले अविजित ९७, कोलिन डि ग्राण्डहोमले ६४ र कप्तान केन विलियम्सनले ४१ रन बनाएको ईनिङमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । पाकिस्तानका साहिन अफ्रिदिले ३ तथा सदाब खान र महम्मद आमिरले समान एक विकेट हात पारे । यो जित पछि पाकिस्तान ७ अंकमा तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हारे पनि न्युजिल्याण्ड ११ अंकमा तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।