२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

लण्डन । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध इण्डियाले जीत हात पारेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ११ रनले हराउँदै इण्डियाले सेमिफाइनल प्रवेशको संभावना बलियो बनाएको पनि छ । इण्डियाले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी रहँदा २ सय १३ रनमा समेटियो ।
मोहमद शामीले सनसनीपुर्ण बलिङ गर्दै अन्तिम ओभरमा हृयाक्ट्रिक विकेट लिएपछि इण्डिया रोमान्चक जित निकाल्न सफल बन्यो । अफगानिस्तानका लागि मोहमद नाबीले अर्धशतक बनाएपनि अन्यले गतिलो इनिङ्स खेल्न सकेनन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
ईण्डियाका लागि कप्तान विराट कोहलीले सर्बाधिक ६७ , केदार जाधबले ५२, के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रनको योगदान गरे । अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २र २ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।