स्पेन । स्पेनिस स्ट्राइकर फर्नाल्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीका पुर्व खेलाडी समेत रहेका टोरेसले खेल जिवनबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्चालमार्फत खेल जिवन टुङ्गो लगाएको जानकारी दिदै आइतबार पत्रकार सम्मेलन गरेर आधिकारी रुपमा सन्यासको घोषणा गर्ने समेत जनाएका छन ।
स्पेनले सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय टोरेसले १८ वर्षको करिअर अन्त्य गर्ने जनाएका हुन् । पछिल्लो समय उनी सागन तोसुबाट जापानको जे–१ लिग खेल्दै आएका थिए।
त्यसअघि उनले एट्लेटिको म्याड्रिड, लिभरपुल र चेल्सीबाट खेलेका थिए । स्पेनका लागि ११० खेल खेलेका उनले सन् २००८ मा युरो कप फाइनलमा विजयी गोल गरेका थिए । अन्तराष्ट्रिय खेलाडीको रुपमा सफल टोरेस राष्ट्रिय टिमका समेत महत्वपुर्ण सदस्य रहे ।
उनीले एट्लेटिको मड्रिडबाट फुटबल करियर सुरु गरेका थिए भने सन् २००१ को मार्चमा स्पेनको दोस्रो श्रेणीको क्लबबाट व्यवसायी फुटबलमा डेब्यु गरेका थिए ।
उनि सन् २००७ मा २० मिलियन पाउन्डमा लिभरपुलमा गएका थिए । उनले लिभरपुलका लागि १४२ खेलमा ८१ गोल गरे । २०११ मा उनी ५० मिलियन पाउन्डमा चेल्सीमा आबद्ध भए । तर चेल्सीमा उनी सफल हुन सकेनन् । यद्यपी उनले सन् २०१२ मा च्याम्पिन्स लिगको उपाधि उचाल्न सफल भए।
चेल्सीका लागि १७२ खेलमा ४५ गोल गरेका उनी चार महिना एसि मिलानमा लोनमा गएका थिए । सन् २०१४मा उनी फेरि एट्लेटिकोमा फर्किएका थिए। गत सिजन भने उनी जापान पुगेका थिए ।