काठमाण्डौ । आईसीसी टी(२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने २५ सदस्यीय नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा उमेश पटवाल नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा टोली घोषणा भएको हो ।
सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको ५ गतेबाट बन्द प्रशिक्षण सुरु हुनेछ । टोलीमा पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन् ।
यस्तै जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशास भारी, कुशल भुर्तेल, भीम सार्की, अविनास बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल, शाहब आलम पनि टोलीमा पर्न सफल भएका छन् । यसपटक अनिल शाह र दिलिप नाथ भने टोलीमा स्थान बनाउन असफल बने ।
टी–२० विश्वकपको एशिया छनोट अगाडी एक साताका लागि बैदेशिक भ्रमणमा जाने टोलीको तयारी छ । सिंगापुरमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल २३ जुलाइमा कतारसँग खेल्नेछ ।