नयाँदिल्ली । औंलामा लागेको चोटका कारण भारतीय क्रिकेट टीमका एकजना महत्वपूर्ण खेलाडी शिखर धवन विश्वकप क्रिकेटको आगामी खेलबाट बाहिरिएका छन । डाक्टरले उनलाई कम्तिमा पनि ३ हप्ता आराम गर्नुपर्ने बताएका छन ।
ईंगल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियासँगको खेलमा धवन घाइते भएका हुन । कुल्टर नाइलको बल लागेर उनि घाइते भएका थिए । यद्यपी उनले शानदार ब्याटिङ गरेका थिए । तर दोस्रो इनिङ्समा भने उनि खेल्न सकेनन् । उनको स्थानमा रवीन्द्र जडेजाले खेले ।
उक्त खेलमा भारतले अष्ट्रेलियालाई ३४ रनले पराजित गरेको थियो । भारतको जितमा शानदार ब्याटिङ गर्दै धवनले १०९ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाएका थिए । उनैको बलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रनको विशाल स्कोर खडा गरेको थियो भने अष्ट्रेलिया ३१६ रनमा समेटिएको थियो ।