२०८१ पुस २६, शुक्रबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताइकी छन । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रि«य सम्मेलनको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताईन ।

उनले विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसांस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने बताइन् ।
नेपालसहित विभिन्न सात मुलुकका विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा उच्च शिक्षाका पाठ्यक्रम र अध्यापक शास्त्र, अनुसन्धान र नवप्रवर्तन तथा उद्यमीकरण र व्यवस्थापन आदिबारे अनुभव आदान–प्रदान हुनेछ । रासस

फेसबुक प्रतिक्रियाहरु