२०८३ असार १२, शुक्रबार
  • newsportal ३ वर्ष अगाडि

काठमाडौँ:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् ।

पुर्बमा चलिरहेको पहिचानको आन्दोलनलाइ लक्षित गर्दै ओलीले साम्प्रादायिकताको कुनै स्थान नभएको बताएको र मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताउनु भयो ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट जनवर्गीय सङ्गठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको सङ्गठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सिप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि औँल्याए ।

 

फेसबुक प्रतिक्रियाहरु