hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitessahabetjojobet girişbetwoonhepbethepbet girisvippark girişzlibteosbetcasibomjojobetip stresserjojobetmeritking
२०८३ जेष्ठ २२, शुक्रबार
  • Dubal Gurung ४ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्।

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायत उच्च तहका नेताहरूसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य, आर्थिक साझेदारी तथा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

भारत भ्रमणपछि नेपाल फर्किएका लामिछानेले भ्रमण सकारात्मक र उपलब्धिमूलक रहेको बताउँदै नेपालको समृद्धि र जनताको हितलाई केन्द्रमा राखेर आफूले विभिन्न पक्षसँग संवाद गरेको उल्लेख गरे।

उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आपसी विश्वास, सम्मान र सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।

रास्वपाले भ्रमणलाई पार्टी तथा मुलुकको हितमा केन्द्रित कूटनीतिक पहलका रूपमा व्याख्या गरेको छ।

फेसबुक प्रतिक्रियाहरु