hacklink hack forum hacklink film izle hacklink grandpashabethepbethepbet girisvippark girişzlibcasino sitelerimarsbahisjojobetjojobetgrandpahabet
२०८३ असार ७, आइतवार
  • Pramesh Tamu ९ घण्टा अगाडि

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै सामूहिक राजीनामा दिएका छन् ।

पार्टीभित्र वैचारिक विचलन आएको र नेतृत्वले स्वेच्छाचारी ढंगले कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राजीनामा दिने नेताहरूले जारी गरेको विज्ञप्तिमा साढे एक दशक लामो क्रान्तिकारी यात्राका बाबजुद अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ। ‘१२ वर्ष अघि ठूलो उत्साहका साथ पार्टी पुनर्गठन गरिएको भए पनि क्रान्ति सम्पन्न हुन सकेन, बरु सामान्य आशातित उपलब्धि समेत हासिल हुन नसकेको अवस्था जगजाहेर छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेतृत्वले एकीकृत जनक्रान्तिको कार्यदिशामाथि समीक्षा गर्न नचाहेको र फरक मत राख्ने नेताहरूलाई निषेध गरेको उनीहरूको आरोप छ । विशेषगरी केन्द्रीय सचिवालय सदस्य उमा भुजेल ‘शिलु’ लाई जिम्मेवारीमुक्त गरिएको र पीबीएम चन्द्र बहादुर खड्का ‘असल’लाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति उनीहरूले कडा आपत्ति जनाएका छन् ।

. सञ्जीव मगर (केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज)
२. कमल केसी (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, नवलपरासी)
३. जनक राउत (केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्ज)
४. गोपाल भोलन (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, सिन्धुपाल्चोक)
५. निशान (केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज)
६. कपिल भट्ट (केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज)
७. दुर्गा तामाङ ‘प्रेरणा’ (केन्द्रीय सदस्य तथा तामाङ मोर्चा केन्द्रीय संयोजक)
८. धिरज राना (केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज)
९. भिमसेन घिमिरे ‘विपिन’ (केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज)
१०. हेमन्त चौधरी (केन्द्रीय सदस्य तथा पूर्व जिल्ला इन्चार्ज, कपिलवस्तु)
११. नवीन सुवेदी ‘दिवाकर’ (पूर्व जिल्ला इन्चार्ज, नुवाकोट)
१२. रवि गोले (पूर्व जिल्ला सेक्रेटरी, सिन्धुली तथा काठमाडौँ उपत्यका सचिव)

यसअघि बिहीबार पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । रुपन्देही ईन्चार्जसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पार्टी परित्यागको घोषणा सार्वजनिक गरेका थिए । 

फेसबुक प्रतिक्रियाहरु