२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

विराटनगर : लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थल जलमग्न भएको छ ।

बिमानस्थलमा केशलिया खोलाको बाढी पसेर जलामग्न बनेपछि  हवाई उडान प्रभावित भएको छ ।  विमानस्थल छिर्ने गेटेदेखि लिएर,जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ ।  भित्र कम्तिमा ३ देखि ६ फिटसम्म पानी जमेको छ। पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो। खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगलबार राति काठमाडौं फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’मा राखिएको थियो। पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको छ।

विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन्। उडान अवरुद्ध भएपछि बुधबार बिहान काठमाडौं जाने टिकट काटेका यात्रुहरु लामो दुरीका सवारी साधन रिजर्भ गरेर गएका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।