hacklink hack forum hacklink film izle hacklink onwinjojobetgrandpashabet resmihepbethepbet girisvippark girişzlib1xbetcratosroyalbetjojobetjojobet
२०८३ असार २, मङ्लबार
  • newsportal ४ वर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न सक्ने र सोचे भन्दा फरक पर्नाम आएपनि आत्ति हाल्नु पर्ने स्थिति नरहेको जिकिर गर्नु भयको छ ।  पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।

परिणाम जे आए पनि राष्ट्रिय सभाको निर्बाचन आजको जनमत र आजको यथार्थ नहुने भन्दै ओलीले ‘साढे चार वर्ष अघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं ।’

अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ थियो । ‘अहिले पनि हामी एक्लै अरु पार्टी भन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकुल परिणाम आउन सक्छ,’ उनले भने, ‘तर त्यो आजको जनमत, आजको यथार्थ होइन । यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’

फेसबुक प्रतिक्रियाहरु