२०८३ साउन ११, सोमवार
  • Shyam chhetri ३ वर्ष अगाडि

सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गरेका हुन् ।

त्यो बेला आफूले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको उनले बताए । ‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरूलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश’ उनले भने, ‘त्यसको लागि क्षमा चाहन्छु ।’

२२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढङ्गले प्रस्तुत हुन चाहेको बताए । उनले अगाडि भने, ‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढङ्गले प्रस्तुत हुने विचार गरेको छैन ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ