२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

‘गठबन्धनका शीर्ष नेताहरुबीच काँग्रेस र नेकपा एकीकृत समाजवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने तयारी छ’, नेकपा माओवादी  केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले जानकारी दिए । प्रमुख सचेतक माझीका अनुसार पहिला एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ