२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।

‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’

उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।