२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै नेकपा (एस)ले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना स्पष्ट पारेका छन् । असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘सम्मानित नेता’ भनिएको छ । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ । न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइएको छैन । नेकपा (एस)बाट संघीय सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ मन्त्री छन् ।

केही दिन पहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी प्रवेश गरेका भानुभक्त जैसीलाई जलस्रोत, सिँचाई तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । महासचिव वेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ भने चार आयोग पनि गठन गरिएको छ । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, ५२ जना रहेको केन्द्रीय परिषद् पनि गठन गरिएको छ ।

अन्तरपार्टी निर्देशनमा पार्टी सदस्यको अभिलेख व्यवस्थित रूपमा खाता तथा डिजिटल माध्यममा राख्न भनिएको छ । मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

[embeddoc url=”https://doc-0o-0k-docs.googleusercontent.com/docs/securesc/rnnkdpbbqeli8q40c5ach5innm5554hg/cq8c6u075le4s9378qvnehj3hd2t1p0s/1634472000000/15666848119098081184/00806615028682373497Z/1jGKcvno_ALMwxprGPkOEYuy8aYiBG4H_?e=download”]

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ