२०८३ असार १२, शुक्रबार
  • newsportal ५ वर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएको छ ।

५ दिनको स्वास्थ्य उपचारपछि नेता नेपाल  डिस्चार्ज भएर घर फर्केका हुन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु