२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

धनकुटा — अविरल वर्षाका कारण बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

साँगुरीगढी गाउँपालिका–६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिब २ सय मिटर सडक बगाएको थियो । डोजरबाट खोलाको पानी तर्काएपछि एकतर्फी यातायात खुलाउने प्रयास भइरहेको छ । सडक भत्किएपछि प्रहरीले धनकुटा र भेडेटारमा सवारी साधन रोकेको थियो ।

बाढीले कम्तीमा दुई करोडभन्दा बढीको क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिएको छ । मौसममा सुधार आउनासाथ तत्काल सडक मर्मत कार्य थालिने उनले बताए । सडक भत्किएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको छ ।

पाख्रीवास नगरपालिका–५ डिकुरे खण्डमा अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।