२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

जनता समाजवादी पार्टीका नगर तथा  क्षेत्रीय अध्यक्षसहित दर्जनौ कार्यकर्ता जनता समाजबादी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता नेकपा  माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उहाहरु अध्यक्ष  प्रचण्ड निवासमा पुगेर  माओवादीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई  अध्यक्ष  प्रचण्डले टीका र माला लगाएर  स्वागत गरेका थिए  ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू  माओवादीमा प्रवेश गरेको  बताएको छ  । क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको  एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।