काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले माधब समुहलाई गरेको पार्टी एकताको आह्वानलाई माधव नेपाल पक्षले ओलीको ग्राण्ड डिजाइन भनेर पूर्ण रुपमा खारेज गरेको छ ।
नेपालले प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेल कपटपूर्ण रहेको बताएका छन् । ओलीले आब्हान गरेको वार्ताबारे औपचारिक धारणा बनाउन सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ ।
ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।

